प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३–३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, लेटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १–१, इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १, संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेह्रथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button