मुख्यमन्त्रि बनेको १२ दिनमै विश्वासका मत

विराटनगर ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनु भएको छ । मतदानमा ४३ सांसद उपस्थित रहनु भएको थियो । केसीको पक्षमा ४२ र तटस्थ एक मत परेको थियो ।

प्रदेश सभामा एमालेको बहिष्कारबीच मुख्यमन्त्री भएको १२ दिनपछि केसीले सोमवार विश्वासको मत लिनु भएको हो । साउन २८ गते प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी मुख्यमन्त्री हुनु भएको हो ।

Back to top button