१८ वर्ष पुरा भएकाले मात्रै नेकपा समाजवादीको साधारण सदस्य बन्न पाउने

काठमाडौं । १८ वर्ष पुरा नगरी नेकपा एकीकृत समाजवादी पार्टीको साधारण सदस्य बन्न नपाउने भएका छन । सो पार्टीले तयार गरेको अन्तरिम विधानमा १८ वर्ष पुरा भएका नेपाली नागरिकलेमात्रै साधारण सदस्य बन्न पाउने उल्लेख गरिएको छ । भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएकालाई मात्रै साधारण सदस्य बनाइने विधानमा उल्लेख गरिएको छ ।

यसैगरी सरकारी कर्मचारीलाई पनि सदस्य बनाउने नीति नयाँ पार्टीले लिएको छ भने नैतिक र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको,पार्टीको विधान र नियमावली मान्न तयार, जिम्मेवारी पुरा गर्न तत्परलाई सदस्यता प्रदान गरिनेछ ।

उत्पादनमुलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रुपान्तरणमा क्रियाशील हुन तत्परका साथै समाजमा रहेका अवैज्ञानिक धारणा तथा अन्धविश्वासबाट सिर्जित समस्या हटाउन तत्काल व्यक्तिलाई साधारण सदस्य बनाइने विधानमा उल्लेख छ ।

Back to top button