तालिवानीद्वारा सरकार गठन प्रक्रिया सुरु

काठमाडौं । तालिवानी बिद्रोहीले सत्ता कब्जा गरेपछि सरकार गठन प्रक्रिया सुरु गरेको छ । तालिवानीले अहिले अर्थमन्त्रीमा गुल आगा र कार्यवाहक गृहमन्त्रीमा सदर इब्राहिमलाई नियुक्त गरेको छ ।

२० वर्षपछि पुनः सत्तामा पुगेका तालिवानीले गुप्तचर प्रमुखमा नजिबुल्लाह, काबुलकको गभर्नरमा मुल्ला शिरिन, काबुलको मेयरमा हमदुल्ला नोमानी, कार्यवाहक शिक्षा विभाग प्रमुखमा सखउल्लाह र उच्च शिक्षाको कार्यवाहक प्रमुखखमा अब्दुल बाकीलाई नियुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

तालिबानले यसअघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरिसकेको हो । सुरुमा तालिवानीले अमेरिकी सबै सेनाले अफगानिस्तान नछाडेसम्म सरकार नबनाउने गरेको घोषणा विपरित मन्त्रीहरु नियुक्त गर्न थालेको छ ।

अहिले ५ हजार बढी अमेरिकी सेनाले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएर आफ्ना देशका, मित्र राष्ट्रहरुका र देश छोड्न चाहने अफगानिस्तानी नागरिकहरुको उद्धार गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट पूर्ण रुपमा सेना फिर्ता ल्याउने मिती बढाउन सक्ने प्रतिवेदनहरु सार्वजनिक भइरहेको छ ।

Back to top button