नेपाल र ठाकुर पक्षले सनाखत गर्न निर्वाचन आयोग जाँदै

काठमाडौं । नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु आज सनाखतका लागि निर्वाचन आयोग जाँदै हुनुन्छ । आयोगले उहाँहरुलाई बिहा ११ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तालिका सार्वजनिक गरेको हो ।

आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर गर्ने नेता तथा सांसदहरुको मात्रै सनाखत हुन्छ । निवेदनमा हस्ताक्षर नगरेकाहरुको सनाखत गर्न नमिल्ने आयोगले जनाएको छ । यसरी नेपाल पक्षका कूल ५९ जना नेता तथा सांसदले मात्रै सनाखत गर्न पाउने भएको हो ।

नयाँ पार्टी दर्ता प्रक्रियाबाट कसैलाई पनि बिचलित हुन नदिन नेपालले आफ्ना पक्षका नेता तथा सांसदहरुलाई चन्द्रागिरी रिसोर्टस दुई दिनदेखी राखेर आज आयोग जाँदै हुनुहुन्छ ।

Back to top button