कांग्रेस महाधिवेशनको प्रक्रिया सुरु गर्न निर्वाचन समितिले संस्थापन इत्तर समूहसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्नका लागि निर्वाचन समितिले संस्थापन–इतरसँग पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारी निवासमा आज छलफल गर्न लागेको छ ।

बैठकमा महाधिवेशनको कार्यतालिकाअनुसार भदौ १८ गते बाट सुरु हुन लागेको वडा अधिवेशनका विषयमा निर्वाचन समितिले गरेको तयारीबारे संस्थापन इत्तर समूहलाई जानकारी गराउन लागेको हो ।

बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरू सहभागी हुने एक नेताले जनाएको छ । बैठकमा जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा सुरु गर्न लागेको रिले अनशन सशक्त बनाउने विषयमा पनि छलफल हुने एक नेताले बताउनुभयो ।

Back to top button