प्रदेश १ प्रमुख तत्काल परिवर्तन गर्ने सत्तारुढ गठबन्धनको तयारी

काठमाडौं । प्रदेश १ मा नेकपा एमाले नेतृत्वमा नै सरकार गठनका संसदीय दलको नेता परिवर्तन गर्ने तयारी भइरहँदा सत्तारुढ गठबन्धनले भने तत्काल प्रदेश प्रमुख परिवर्तनको तयारी थालेको छ ।

प्रदेश १ मा नेकपा एमालेको केहिबेर पछि बस्ने संसदीय दलको बैठकले संसदीय दलको नेता भीम आचार्यलाई बहुमतप्राप्त दलको हैसियतमा मुख्यमन्त्री बनाउने तयारी भइरहेका बेला सपथग्रहणलाई नै प्रभावित पार्ने गरि प्रदेशप्रमुख परिवर्तनको तयारी थालिएको हो ।यसका लागि आजै मन्त्रीपरिषदको बैठक बस्ने तयारी भएको बालुवाटारस्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रमुखलाई तत्काल परिवर्तन गर्न सके सरकार फेरबदललाई प्रभावित पार्न सकिने एकिकृत समाजवादीका नेताहरुको सुझावपछि नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई त्यसको तयारी गर्न दवाव दिएको स्रोतको दावी छ ।

यता नेकपा एमालेले भने आजै संसदीय दलको नेता परिवर्तन गरि भीम आचार्यलाई मुख्यमन्त्रीको सपथ खुवाउने तयारी गरेको छ ।

Back to top button