मन्त्री कार्कीका उपल्बधी सार्वजनिक:प्रहरी मुख्यालयसहित ४९ वटा प्रहरी चौकी निर्माण (विज्ञप्ती सहित)

विराटनगर । आजबाट बिदाहुनु भएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आफ्नो कार्यकालमा भएका  प्रगतिहरु सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री फेरिएसँगै उहाँ आज बाट बिदा हुनुभएको छ  ।

विज्ञप्तीमार्फत मन्त्री कार्कीले मन्त्रालयबाट सम्पादन भएका कार्यहरु सार्वजनिक गर्नु भएको हो । उहाँले सरकारमा १ हजार २ सय ८८ दिन मन्त्रीकोरुपमा कार्यभार  समाल्नु भएको छ । यसबीचमा उहाँले २ पटक कार्यवाहक मुख्यमन्त्री र करिब ३ महिना सामाजिक विकास मन्त्रीको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो

सुरक्षा निकायहरुको क्षमता विकास र संरचनागत सुधार गर्न तथा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न प्रदेश प्रहरी मुख्यालयसहित ४९ वटा प्रहरी चौकी निर्माण गरीएको बिज्ञप्तीमा उल्लेख गरीएको छ । पाँचथरमा महिला प्रहरी ब्यारेक बनेको छ भने १४ वटै जिल्लामा महिला प्रहरी ड्रेस चेञ्जिङ रुम निर्माण, १३ वटा बोर्डर आउट पोष्ट(बिओपी)१४ वटै जिल्लामा प्रविधिमैत्री सुरक्षा योजना अन्तर्गत सिसिटिभी क्यामेरा जडान भएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयसँग प्रत्यक्ष संवाद गर्न भिडियो कन्फरेन्स रुम निर्माण एवं सञ्चालन भएको छ भने सुरक्षा निकायहरुलाई १५ वटा पिकअप भ्यान, करिब ४सय५० वटा दुई पांग्रे सवारी साधन(मोटरसाइकल)वितरण गरिएको निवर्तमान मन्त्री कार्कीको सचिवालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
यस्तै, विपद व्यवस्थापनसम्बन्धी कानूनी व्यवस्था गरेर एकीकृत शान्ति सुरक्षा, विपद तथा स्वास्थ्य सेवालाई प्रर्वद्धन गर्न १ –१ थान पिकअप भ्यान र दमकलसहितको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र प्रदेशको १४ वटै जिल्लामा सञ्चालन गरिएको छ । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना र सञ्चालन, विपद जोखिम न्युनीकरणको लागि डिडिआर पोर्टल निर्माण गरीएको उल्लेख गरीएको छ ।

यसैगरि, किसोरावस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ बर्षका करिब २ हजार विद्यालयका २ लाख विद्यार्थीहरुलाई सक्षम, सबल, सुसँस्कृत, नैतिक, सभ्य, लागुऔषध दुव्र्यसनबाट मुक्त समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले १ हजार ६सय ९३ विद्यालयहरुमा सगरमाथा टिन्स क्लब गठन गरेर म अघि बढ्छु कार्यक्रम सञ्चालन गरिएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

Back to top button