पौडेल पक्षको बैठक जारी

काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उहाँ पक्षका शीर्ष नेताहरू छलफलमा जुट्नुभएको छ ।
शुक्रबार बिहान ठमेलस्थित चाक्सीबारीमा नेताहरू छलफलमा जुट्नु भएको हो । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा उहाँहरूबीच १४ औं महाधिवेशन केन्द्रित छलफल भएको हो।

वडा अधिवेशन आउन एक साता मात्रै बाँकी रहे पनि अझै पनि क्रियाशील सदस्यको नामावली नटुंगिएको र क्रियाशीलको सूची सार्वजनिक गर्न आलटाल गरिएकोमा पौडेल पक्षले असन्तुष्टि रहेको छ।

आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत नेता सहभागि हुनु भएको छ ।

Back to top button