पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी । कोशी गाउँपालिका ३ जमुवाचोकस्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकलमा पछाडि सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

सप्तरीको महादेवा गाउँपालिका ६ का ३५ वर्षीय रामनाथ मण्डलको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र२–०३–००१च ३००७ नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको प्र२–०१–००२प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालक रामनाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

मोटरसाईकल पछाडि सवार सप्तरीको हुनुमान कंकालिनी नगरपालिका ११ का १९ वर्षीय सन्तोषकुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ वर्षीय अंशकुमार साहलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button