प्रदेश १ मा दुई मन्त्रीद्वारा सपथ ग्रहण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दुई सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको आचार्यले सानो आकारको मन्त्रिपरिषद गठन गर्नुभएको हो ।

सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा लछुमन तिवारीलाई नियुक्त हुनुभएको छ । दुबै जना मन्त्रीलाई प्रदेश १ प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो ।

Back to top button