नाम राख्न नसकेकोमा म दुखि छु : शेरधन राई

विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले देश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न नेकपाको कारणले नसकिएको बताउनु भएको छ ।
पदबाट राजीनामा दिएको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टी एकिकरण भएपनि शुरु देखिनै पाटि भित्र किचलो भएका कारण काम गर्न नसकिएको राईले बताउनु भयो ।एमालेकै नेतृत्वमा सरकार रहेकोले केही समयभित्रै नामकरण प्रकृया अगाडि बढ्ने समेत उहाँको भनाई रहेको थियो ।

विषेश अधिवेशन बोलाएर प्रदेश नामकरणको प्रकृया अघि बढाउन आफै लाग्ने समेत उहाँले आश्वासन दिनु भएके छ । नाम राख्न नसकेको म दुखि छु तर मेरै पार्टीको नेतृत्वको सरकार रहेकोले नामकरण चाँडै हुनेछु उहाँले भन्नुभयो

आफ्नो कार्यकालमा संघीयता कार्यान्वयन भएको र विकास पूर्वाधारको राम्रो आधार तयार भएको उहाँको दावी रहेको थियो । उहाँले आफ्नो कार्यकालमा भएका जति काम पनि देखिने गरी गरेको बताउनु भएको छ ।

उहाँले आफनो कार्यकालमा भएका काम जनताले देखिने गरी गरेको समेत बताउनु भयो ।

Back to top button