![](https://koshisandesh.com/wp-content/uploads/2021/08/Nepali-Congress-2.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/08/Nepali-Congress-2.jpg)
विराटनगर । कांग्रेसका प्रदेश १ का सुनसरी र मोरङ बाहेकका १२ जिल्लाका क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली वेबसाइट मार्फत सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पार्टीको निर्वाचन निर्देशिकाबमोजिम सदस्यहरूको नामावली वेबसाइटमा प्रकाशित गरिएको र ती जिल्लाहरूमा निर्वाचन अधिकृतहरू समेत खटाइसकेको बताउनुभयो । देशभरिका भने ४८ जिल्लाका क्रियााशील सदस्यता नामावली सार्वजनिक गरेको हो ।