पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

भोजपुर । षडानन्द नगरपालिका ९ तालखर्कमा एक जनाले पत्नीको हत्इा गरी आफू पनि आत्म हत्या गरेको छ । स्थानीय ४० वर्षीय बुद्दीमान राईले २८ वर्षीया पत्नी इन्द्रकला राईलाई खुकुरी प्रहार गरी हत्या गरी आफूले पनि झुण्डिएर आज बिहान आत्महत्या गरेको हो ।

राईले घरमा राती १ः३० बजे पत्नीलाई ढाँडमा खुकुरी प्रहार गरी हत्या गरी घरभन्दा ४० मिटर टाढा दुधिलोको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आमालाई खुकुरीले प्रहार गरिरहेको देखेर उनको ८ वर्षीय छोरा स्थानीयलाई खबर गरेका थिए । स्थानीय राईको घरमा आउँदा इन्द्रकलाको मृत्यु भइसकेको र राईलाई खोज्ने क्रममा रुखमा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय साङपाङ र तिवारीभंज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी भोजपुरले जनाएको छ ।

Back to top button