![](https://koshisandesh.com/wp-content/uploads/2021/06/death-in-fall.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/06/death-in-fall.jpg)
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका ८ धितुङमा घाँस काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीया पार्वती राईको मृत्यु भएको हो ।
खुरीखोला जंगलमा घाँस काट्ने क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागी हलेसी ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।