फरार प्रतिबादी गाँजा सहित पक्राउ

मोरङ । बेलबारी नगरपालिका ५ बाट लागू औषध मुद्दाका फरार प्रतिबादी गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । स्थानीय ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझी पक्राउ परेको हो ।

गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट ४ किलो ३ सय ग्राम गाँजा र नगद ५० हजारसहित पक्राउ गरेको हो ।

माझी मोरङ जिल्ला अदालतको २०७५ पुस ५ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना ५ दिन कैद र ३ हजार जरिवाना ठहर भएका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button