घुस लिएको आरोपमा दुईजना प्रहरी पक्राउ

काठमाडौं । घुस लिएको आरोपमा दुई जना प्रहरी नै पक्राउ परेका छन् । काठमाडौं बौद्ध कि एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुईजना प्रहरी पक्राउ परेका हुन् ।

प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रहरी सहायक निरिक्षक (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्का पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका प्रहरीद्धयले एक महिलासँग लागु औषध रहेको सुचना पाएको भन्दै पैसा नदिए पक्राउ गर्ने धम्कि दिएर भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको परिसरले जनाएको छ ।

पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही हुनेछ ।

Back to top button