सिँचाई आयोजना बरियातीको अध्यक्षमा श्रेष्ठ

विराटनगर । सुनसरी मोरङ सिँचाइ आयोजना जल उपभोक्ता संस्था अन्र्तगत बरियाती शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको अध्यक्षमा मोहन कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

मोरङको धनपालथान गाउँपालिका– ४ सोराभागमा सम्पन्न कार्यक्रमबाट उपाध्यक्षमा गणेश राय, सचिवमा श्रीराम चौधरी, सह–सचिवमा भीमप्रसाद राजवंशी र कोषाध्यक्षमा शान्तकुमार वशेल चयन हुनुभएकोछ ।

समितिको अन्य सदस्यहरूमा गंगाप्रसाद खतिवडा, रतन राई, रामानन्द सिंह, तेजेन्द्र प्रसाद राजवंशी, गितादेवी गच्छदार र मोहनबावु तिवारी चयन हुनुभएको छ ।

चतरा मुल समितिका अध्यक्ष रामप्रसाद मेहताको प्रमुख आतिथ्यता रहेको उपभोक्ता समितिको अधिवेशनको निर्वाचन समितिको संयोजकमा कुमार प्रसाद भेटवाल, सदस्यहरुमा चन्द्रशेखर राजवंशी, केदार पौडेल र डिल्ली कार्की रहनुभएको थियो ।

Back to top button