इक्यान पुर्वाञ्चलले मनायो रजत जयन्ति

विराटनगर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २५ औ बार्षिक उत्सबको अवसरमा इक्यान पुर्वाञ्चलले विविध कार्यक्रम गरि रजत जयन्ति मनाएको छ।
२५ औ बार्षिक उत्सबको अवसरमा विराटनगर, इटहरी र धरानका केहि सामाजिक संस्थाहरुमा अत्यावश्यक सामग्रीहरु हस्तान्तरण हस्तान्तरण गरेर रजत जयन्ति मनाएको हो ।

बिराटनगर १को सयपत्री परोपकार आधारभुत बिध्यालयमा आवस्यक बोर्ड तथा सिलिङ पङ्खाहरु त्यसैगरु इटहरी ४ को हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिका हरु लाई खाद्यान्न हस्तान्तरण साथै धरान ३ भानु स्मृति मा बि मा आवस्यक वाल पङ्खा लागतका सामाग्रि हस्तान्तरण गरिएको इक्यान पुर्वाण्चल का उपाध्यक्ष प्रकाश लकन्द्रीले जानकारि दिनुभयो ।

इक्यान पुर्वाण्चलका अध्यक्ष रोशन शर्मा निरौला को अध्यक्षता मा भएको कार्यक्रम बिराटनगर बाट सुरु भएको कार्यक्रम इटहरी हुदै धरानमा सम्पन्न भएको थियो।

Back to top button