कुनै कार्यकारी पद नलिने झलनाथ खनालको घोषणा

काठमाडौं । भारतमा मृगौला प्रत्यारोपण गरेर फर्किएका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनप्रति समर्पित गर्ने बताउनुभएको छ । भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्कनु भएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताउनु भयो ।

आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिनुभएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने पनि घोषणा गर्नु भएको हो ।

“यसै पनि ७१ वर्ष पार भएको छु । अब मेरो बाँकी जीवन बोनसको जीवन हो,” खनालले भन्नु भयो, “त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।”

Back to top button