२४ घण्टामा वाढि पहिरो बाट ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर दार्चुलामा ३ जना तथा स्याङजा, सुर्खेत, काभ्रेपलाञ्चोकमा एक(एक जना गरेर ६ जनाको मृत्यु भएको हो ।

आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म पहिरो, बाढी, अबिरल बर्षा तथा आगालागीका २७ घटनामा परेर विभिन्न जिल्लामा १० जना घाइते भएका र एक जना बेपत्ता पनि भएका छन् । जसमा पहिरोमा परेर स्याङजामा ३, काभ्रेपलाञ्चोकमा एक, दार्चुलामा एक, म्याग्दीमा तीन जना घाइते भएका छन् भने आगलागीका घटनामा परेर कपिलवस्तुमा २ जना घाइते भएका छन् । घाइतेको विभिन्न स्थानीय अस्पतालमा उपचार जारी रहेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाडीका ३८ वर्षका एक पुरुष भने पेन्टको काम गरी घर फर्किने क्रममा मोहना नदी तर्ने क्रममा बगेर बेपत्ता हुनुभएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पहिरो, बाढी, अबिरल बर्षा तथा आगलागीका घटनाबाट ४८ लाख ४७ हजार बराबरको आर्थिक क्षती भएको छ भने ५ वटा सडक अवरुद्ध तथा ९ पशु चौपायको मृत्यु भएको छ ।

Back to top button