कांग्रेस वडा अधिवेशनका लागि राजधानीबाट गाउँ जाने बढे

काठमाडौं । राजधानीमा विभिन्न पेशा व्यवसाय गरेर बसेका व्यक्ति पार्टीको लामो समयपछि हुन लागेको महाधिवेशनमा भाग लिन गाउँ हिँडेका हुन् ।

विक्रम संवत् २००३ सालमा स्थापना भएको कांग्रेसले विभिन्न आरोह अवरोह पार गर्दै भदौ १८ देखि १४औं महाधिवेशनका लागि वडा अधिवेशन गर्न लागेको छ । विक्रम संवत् २००३ सालको मजदुर आन्दोलन, २००७ सालको प्रजातन्त्र स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र स्थापना, २०६२।०६३ को जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको महाधिवेशनलाई देश तथा विदेशमा महत्त्वका साथ हेरिएको छ ।

Back to top button