अमेरिकन सेना अफगानिस्तानबाट बाहिरिए लगत्तै तालिबान र भारतबीच वार्ता

काठमाडौं । अमेरिकन सेना अफगानिस्तानबाट बाहिरिएसँगै तालिबान र भारतबीच वाता भएको छ । कतारस्थित तालिबानको राजनीतिक कार्यालय प्रमुख र कतारका लागि भारतीय राजदूत दीपक मित्तलबीच वार्ता भएको हो ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा तालिबानको आग्रहमा कतारस्थित भारतीय दुतावासमा बैठक भएको छ । अफगानिस्तानमा रहेका भारतीय र अल्पसंख्यक नागरिकको सुरक्षा विषयमा केन्द्रित भएर वार्ता भएको विज्ञप्तीमार्फत जनाएको छ ।

वार्तामा राजदुत मित्तलले भारतविरुद्ध अफगानिस्तानी भूमि प्रयोग हुन नदिन तालिबानको प्रतिबद्धता खोजेका थिए । तालिबानी नेतृत्वले दक्षिण एसियाका प्रमुख शक्ति भारतसँग सम्बन्ध विरुतारका लागि प्रयास गर्दै आएका थिए ।

Back to top button