१० सांसदले नेकपा एकिकृत समाजावादी रोजेपछि मुख्यमन्त्री आचार्य एक हप्तामै अल्पमतमा

विराटनगर ।प्रदेश १ मा नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । १० जनाले जनाले प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुगेर सनाखत गरेका छन ।

नेकपा (एस)रोज्नेमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिता चौधरी,गणेश काङवाङ, खिनु लङ्वा लिम्बु, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र सावित्री रेग्मी रहनुभएको छ ।

प्रदेश सभामा एमालेका ५१ सांसद छन् । कुल ९३ सांसद रहेको प्रदेश सभामा एमालेका १० सांसदले नेकपा (एस) रोजेसँगै मुख्यमन्त्री भीम आचार्य स्पष्ट अल्पमतमा पर्नु भएको छ ।

भदौ ९ गते मुख्यमन्त्री बन्ुभएक आचार्य एक हप्तामै अल्पमतमा पर्नु भएको हो ।

Back to top button