मुख्यमन्त्री बाट राजीनामा नदिए आचार्यलाई ठेगान लगाउँछौं : नेता राई

विराटनगर ।नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई ठेगान लगाउने बताउनुभएको छ ।

नेकपा (एस)मा सनाखतपछि प्रतिक्रिया दिँदै उहाँले मुख्यमन्त्री आचार्यले राजीनामा नदिए ठेगान लगाउने चेतावनी दिनुभएको हो । ।

केपी ओलीको संगत थोरै मात्रै गर्नुभएको हुनाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो , ‘एमाले अध्यक्षकै लाइनमा आए हामी कानूनी हिसाबले ठेगान लगाउँछौं ।’

राईले प्रदेश १ मा चाँडै गठबन्धनको सरकार बन्ने समेत बताउनुभयो ।

तपाई‌ंकै नेतृत्वमा सरकार बन्ने हो भन्ने पत्रकारको प्रश्नमा नेता राईले एकीकृत समाजवादीको कतै पनि प्रदेशको नेतृत्व नभएकोले पाउने सम्भावना रहेको बताउनुभयो ।

Back to top button