एकल उम्मेदवार तय गर्न बसेको रामचन्द्र पौडेल पक्षको बैठक निष्कर्ष विहीन

काठमाडौँ । काग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट एकल उम्मेदवार तय गर्न बसेको रामचन्द्र पौडेल पक्षको बैठक निष्कर्षविहीन भएको छ ।

बत्तिसपुतलीस्थित अनुप फुडल्याण्डमा भएको नेताहरूबीचको वार्तामा सहमति जुट्न नसकेको नेता सुजाता कोइरालाले बताउनुभयो ।

दिउँसो साढे २ बजेदेखि पौने ५ बजेसम्म चलेको बैठकमा रामचन्द्र पौडेल समूहबाट सभापतिमा दाबी गरेका प्रकाशमान सिंहबाहेक सबै नेताहरू सहभागी हुनुभएको थियो ।
छलफलमा सभापतिका आकांक्षी नेताहरूलाई रामचन्द्र पौडेलले एक पटक आफूलाई सभापति बन्ने मौका दिन भन्नुभएको थियो । पौडेलले छलफलमा भन्नु भएको थियो, ‘एकपटक छाडिदिनुस्, तपाईंहरुलाई एडजस्ट गर्न सकिन्छ ।’

पौडेल समूहबाट शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने चर्चारहेको छ ।

एकल उम्मेदवारी तय गर्न छलफल गरेको भए पनि सहमति नजुटेको सुजाता कोइरालाको भनाइ छ

Back to top button