विपक्षी गठबन्धनहरू द्धारा मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग

विराटनगर  । प्रदेश १ का विपक्षी गठबन्धनहरूले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेका छन् ।

मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको समेत उनीहरुको ठहर छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टीको गठबन्धनको बिहीवार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्तवपूर्ण निर्णय नगर्न समेत गठबन्धनले सकरासँग माग गरेका छन् ।

एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी दललाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको अबस्थामा बहुमत छ भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरीएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेको हो । प्रदेशका सांसद रहेका नेताहरुले समेत आयोगमा गएर हस्ताक्षर गरिसकेपछि मुख्यमन्त्री नियुक्ती गर्नु गलत भएको नेकपा माओवादी केन्द्रका संसदियदलका नेता इन्द्र आङवोले बताउनुभयो ।

प्रदेशमा नेकपा एकीकृत समाजवादी दलका सांसदहरुले आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाउने तयारी रहेको नेपालि काग्रेशका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो ।
गठबन्धनले साँझा धारणा बनाएर अगाडि बढ्ने सहमति भएको काग्रेश संसदिय दलका नेता राजि कोइरालाले बताउनुभयो ।

हिजो मात्रै प्रदेश निर्वाचन आयोगमा १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै हस्ताक्षर गरेका छन् । उनीहरुलाई आयोगले यहि २२ गते सम्मको म्याद दिएको छ । आचार्य भदौ १० गते मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको थियो । उहाँले दुई सदस्य मन्त्रिमण्डल समेत बिस्तार गर्नुभएको छ ।
गठबन्धनमा अबको मुख्यमन्त्री कुन दलले पाँउछ भन्ने पत्रकारको प्रश्नमा नेकपा एकिकृतका केन्द्रिय सदस्य समेत रहनुभएका राजेन्द्र कुमार राइले केन्द्रको गठबन्धनको निर्णयको आधारमा प्रदेशको गठबन्धन अगाडि बढ्ने बताउनु भयो ।

गठबन्धनको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता राजीब कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो,नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र कुमार राई, जनता समाजवादी पाटीका संसदीय दलका नेता जय राम यादव नेपाल काँग्रेस प्रदेश १ का सचेतक केदार कार्की नेकपा९एस०का प्रदेश सांसद राजन राई लगायतका नेताहरु सम्मिलित बैठक बसेको हो ।

Back to top button