काँग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको हो ।
कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रिटमा त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ ।
नेपाली काँग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

Back to top button