डब्लुएचओले नेपाललाई दियो धन्यवाद

काठमाडौं ।विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा खोपयोग्य नागरिकमध्ये १५ प्रतिशतले पूर्णखोप लगाउन सफल भएकोमा धन्यवाद दिएको छ ।

विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले १५ प्रतिशत नागरिकले पूर्णखोप लगाउन सफल भएको भन्दै बधाइ दिनुभएको हो ।

निर्देशक खेत्रपालले ट्वीट गर्दै नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गरी छोटो समयमा पूर्णखोप लगाउनेको संख्या धेरै भएको बताउनुभयो । हालसम्म नेपालमा ४७ लाख बढी नागरिकले खोपको पूर्ण मात्रा लगाइसकेका छन्

Back to top button