महाकालीमा तुइन काटिएको घटनाबारे औपचारिक जानकारी छैन : भारत

काठमाडौं ।भारतले दार्चुलाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा एक जना नेपाली बेपत्ता भएको घटनाबारे औपचारिक जानकारी नभएको बताएको छ।

बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मिडियामा रिपोर्टहरू पढे पनि यसबारेमा सरकारलाई कुनै औपचारिक जानकारी नभएको बताउनुभएको हो ।
‘नेपालले छानबिन समिति बनाएको मिडियाबाट थाहा पाएको हो, त्यो उनीहरूको आन्तरिक छानबिन समिति हो। हामीलाई यसबारेमा केही जानकारी छैन,’ बाग्चीले भन्नु भयो।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर जयसिंह धामी नदीमा बेपत्ता हुनु भएको थियो । भारतको एसएसबीले तुइनको लठ्ठा काटेकाले धामी नदीमा खसेको स्थानीयले बताउनेगरेका छन ।
प्रतिवेदनको आधारमा भारतीय पक्षसँग घटनाबारे भारतसँग कुरा गर्न बिहीबार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

Back to top button