अमेरिकामा १९ महिनाका बालकसहित तीन नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आएको आइडा आँधी र भीषण वर्षाका कारण १९ महिनाका बालकसहित एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका २ जुनवेशी घर भर्इ न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीले मृत्यु भएको युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले जनाएको छ ।

आइडा आँधीले अमेरिकामा हालसम्म ६ वटा राज्यमा ४५ जनाको मृत्यु भइसकेको छ ।

Back to top button