नेकपा एमाले मोरङ २०७५ जेठ २ मा फर्कियो, १० बुँदेलाई आजबाटै वडास्तर सम्म कार्यन्वयनमा लैजाने निर्णय

विराटनगर । नेकपा एमाले जिल्ला कमिटि मोरङ ०७५ जेठ २ मा फर्किएको छ ।

पार्टी पुरानै अवस्थामा फर्किएपछि अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल लगायतको पुरानै जिल्ला कमिटी क्रियाशिल भएको हो । त्यस समयमा जिल्ला अध्यक्ष रहनुभएका बिनोद ढकाल एमाले प्रदेश १ को सचिव हुनु भएको थियो भने जिल्ला सचिव पोख्रेलले अध्यक्षको जिम्मेवारी समाल्दै आउनु भएको थियो ।

शनिबार जिल्ला पार्टी कार्यालय विराटनगरमा बसेको सचिवालय बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काइएको जिल्ला ढकालले बताउनुभयो ।

सचिवालय बैठकले १० बुँदेलाई शनिबारबाटै पालिकाका वडास्तर सम्म कार्यन्वयनमा लैजाने निर्णय समेत गरेको छ । जिल्ला अध्यक्ष ढकालले भन्नुभयमे,‘ पार्टीलाई जेठ २ मा फर्काउनेर त्यतिबेलाका सवै कमिटिहरुलाई क्रियाशिल गर्छौ ।’

सचिवालय बैठकले आगामी असोज मसान्त सम्म पार्टी सदस्यता नविकरण गरिसक्ने र कात्तिक ६ र ९ गते वडा र पालिका अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

सचिवालय बैठकका एमाले सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, पोलिटव्युरो सदस्य लालबाबु पण्डित, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, गुरु बराल, शिवमाया तुम्वाहाम्फे लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

मोरङबाट १० बुँदे कार्यन्वयनको शुरुवात भएको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताए । अन्य जिल्लामा पनि पार्टी पुरानै अवस्थमा फर्किएर क्रियाशिल बन्ने उनले बताए ।

Back to top button