प्रहरी हिरासतमा रहेका युवाको मृत्यु रहस्यमय,छानविन गर्न परिवारको माग

विराटनगर । गाँजासहित पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका व्यक्तिको मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन् ।

शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो । पक्राउ परेका कामत प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारी गर्दा बेहोस भएर ढल्नुभएको थियो । उपचारकै क्रममा कामतको कोशी अस्पतालमा कामतको मृत्यु भएको थियो । कामत लागुऔषध सेवन कर्ता भएकोले हिरासमत बस्दा लागुऔषध सेवन गर्न नपाएकाले मृत्यु भएको हुनसक्ने मोरङ प्रहरी प्रमुख जनार्दन जिसिले बताउनुभयो । मुखबाट फिँज निस्किएको अवस्थामा मृतकलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको थियो।

मृत्ककी पत्नी यशोदा कामत र भाइ विरेन्द्र कामतले प्रहरी हिरासतमा रहेको व्यक्तिको ज्यान जानु संकास्पद भएको भन्दै भएकोले छानविन हुनपर्ने बताउनु भएको छ । परिवारले छानविन गर्ने भन्दै विरोध जनाएपछि मृतकको पोष्र्टमाटम हुन सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण खुल्ने जिसीले बताउनु भयो ।

Back to top button