एम्स कलेजको उत्कृष्टता निरन्तर, बिएचएम पहिलो सेमेष्टारमा एम्सकै प्रेक्षा प्रदेश प्रथम

विराटनगर । विराटनगर–९, कलेज रोडमा सञ्चालित एम्स कलेजले आफ्नो शैक्षिक गुणस्तरको उत्कृष्टतालाई निरन्तरता दिन सफल भएको छ ।

एकपछि अर्को गर्दै शैक्षिक उत्कृष्टता कायम राख्दै आएको एम्स कलेजकै छात्रा प्रेक्षा पौडेल बिएचएम (ब्याचलर अफ होटल मेनेज्मेन्ट) को पहिलो सेमेस्टारमा प्रदेश १ कै प्रथम हुनुभएको छ ।

प्रेक्षा पौडेल (बिएचएम पहिलो सेमेस्टार, प्रदेश– १ प्रथम)

त्रिभुवन विश्वविद्यालयको बिएचएम पहिलो सेमेस्टारको परिक्षामा पौडेलले ३.७७ जिपीए ल्याउँदै प्रदेशकै प्रथम हुन सफल हुनुभएको हो । गत शुक्रबार प्रकाशित परिक्षाफल अनुशार उहाँसँगै पहिलो सेमेस्टारमा एम्स कलेजका अधिकांश विद्यार्थी उत्तिर्ण भएका छन् । पहिलो सेमेस्टारमा १८ जनाले परिक्षा दिएका थिए ।

यस्तै बिएचएमकै तेस्रो सेमेस्टारमा पनि एम्स कलेजले उत्कृष्ट नजिता ल्याएको छ । १० जना परिक्षार्थी मध्ये ७ जना उत्कृष्ट अंककासाथ उत्तिर्ण भएको क्याम्पस प्रमुख सीएम बस्नेतले बताउनुभयो । यसअघि बिएस्सी सिएस आईटीको पहिलो सेमेष्टरमा पनि ५ जना विशिष्ट श्रेणीसहित प्रदेशकै सवैभन्दा राम्रो नतिजा एम्स कलेजले ल्याएको थियो ।

बिएस्सी सिएसआईटीमा २३ जना विद्यार्थीले परिक्षा दिँदा १८ जना पास भएका थिए, जुन प्रदेशकै उत्कृष्ट नतिजा थियो । यसअघि पनि बिएस्सी सिएसआईटीमा २०७१ र ०७२ सालमा लगातार प्रदेश प्रथम भएको थियो ।

‘सिकाई र कमाई सँगसँगै’ भन्ने नाराका साथ अघि बढेको एम्स कलेजले सैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई जोड दिँदै आएको छ । अत्याधुनिक संरचनासहित सञ्चालनमा रहेको एम्स कलेजले विषय अनुशार अध्यापन गराउनकालागि आवश्यक सवै भौतिक पूर्वाधारहरु निर्माण गरेको छ ।

प्रयोगात्मक सिकाईका लागि आफ्नै क्याम्पस परिसरमा बेकरी उद्योग र कफी हाउस सञ्चालन ल्याएको एम्स कलेजले चाँडै नै बिएचएम र बिएससी सिएसआईटीका विद्यार्थीलाई लक्षित गर्दै उद्योग चलाउने तयारी थालेको छ । एम्स कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी सिएसआईटीसँगै बिबिएस, बिएचएम र बिएका बिषयहरु अध्यापन गराईन्छ ।

पछिल्लो समय एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत रहेर सञ्चालन भइरहेको यो कलेजले भौतिक पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै लगेको छ । एभरेष्ट एजुकेशन फाउण्डेसनका निर्देशक टिकाराम पुरीले क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी, अभिभावक सबैको मेहनतले मात्र उत्कृष्टता हासिल हुने बताउनुभयो ।

‘हाम्रा शिक्षणसंस्था अन्तर्राष्ट्रियस्तरका हुनुपर्छ र हाम्रा विद्यार्थी विश्वबजारमा सहजै प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’ उहाँले भन्नुभयो,‘ यसकालागि हामी कुनै कसर छाड्दैनौं ।’

Back to top button