ग्रामथानमा करेन्ट लागेर एक युवाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं– ५ गिदनीयाका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय भरतलाल खाँ को कुखुरा फार्ममा खानेपानीको मोटर जोड्ने क्रममा ३० वर्षीय सन्तोष बिश्वासलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर अचेत भएका विश्वासको नोवेल अस्पताल बिराटनगरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button