एमसीसी उपाध्यक्ष फतिमा काठमाडौंमा, एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । एमसीसीकी उपाध्यक्ष उच्च राजनीतिक भेटघाटका लागि त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि विमानस्थलबाहिर एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएको हो। एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसको खारेजीको माग गर्दै विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरिएको छ ।

प्रहरीले केही प्रदर्शनकारीलाई धरपकडसमेत गरेको हो ।

Back to top button