कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले बीपीलाई सम्झिदै बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बीपीले देखेको सपना पूरा गर्न महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको शर्माले बताउनुभयो । यसअघि संस्थापन इत्तर पक्षबाट गगन थापा र सिटौलाको टिमबाट प्रदिप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महामन्त्रीमा बालकृष्ण खाँण, एनपी साउद, प्रकाश शरण महत, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, मिनेन्द्र रिजाल, धनराज गुरुङ, गुरुराज घिमिरेलगायत पनि आकांक्षी देखिनु भएको छ ।

Back to top button