सरकारले एमसीसीबारे एमालेसँग कुनै छलफल गरेको छैन :अध्यक्ष ओलि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने भएको छ । आफ्नो निवास बालकोटमा बिहीबार भेट्न आइपुग्नुभएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई अध्यक्ष ओलीले उक्त जवाफ दिनुभएको हो

सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताउनुभयो ।

‘आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि उपाध्यक्ष सुमारसँगअध्यक्ष ओलिले बताउनु भएको थियो ।

Back to top button