सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुराम बस्नेतलाई सफाई

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बधी मुद्दामा नेकपा एमालेको युवा संगठन युवा संघका नेता परशुराम बस्नेतले सफाइ पाउनु भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो ।

यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभएको थियो । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो । विभगले गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा मुद्दा चलाएको थियो ।

Back to top button