नेपालले बंगलादेशलाई हरायाे

काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल समेत गरेपछि नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा २–१ पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गोल गर्नुभयो । सात नयाँ अनुहार समेट्दै टिम बनाउनुभएका प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको बिहीबारको खेलमा ४ खेलाडीलाई डेब्यु गराउनुभएको थियो ।

घरेलु मैदान र दर्शकको अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गोल गरेको थियो । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण मैदान बाहिर रहेकोले सबिता रानाले अग्रपंतिमा पहिलो रोजाइमा खेल्नु भएको थियो ।
थिइन् । सबितासंगै १६ वर्षीय प्रितीले पनि अग्रपंतिमै खेल्नुभएको थियो।

खेलको १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चौधरीको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । विमलाले उपलब्ध गराएको क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गर्नुभएको थियो ।
२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुको पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो ।

बंगलादेशका लागि तोहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गोल गर्नुभयो

Back to top button