कांग्रेसमा किचलो:निर्वाचन समिति संयोजक यादवद्धारा पदबाट राजीनामा

काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेव यादवले पदबाट राजीनामा दिनुभएको छ । । स्रोतका अनुसार उहाँले डडेलधुरामा देखिएको पार्टी क्रियाशील सदस्यता विवाद र अन्य जिल्लामा पनि नेताहरूपिच्छे फरक–फरक धारणा आएको भन्दै राजीनामा दिएको जनाइएको छ ।

संयोजक पूर्वमहान्यायाधिवक्ता यादवले यसबारे आफूले  धारणा सार्वजनिक नगर्ने बताउनुभयो । डडेलधुरामा जिल्ला सभापतिको सहमति बिना वडा अधिवेशन गराएको भन्दै विवाद भइरहेको थियो । डडेलधुरामा केन्द्रीय प्रतिनिधि तोकिनुभएका लोकेन्द्रबहादुर बमले वडा अधिवेशन शिक्षक संघको सहयोगमा भव्यताका साथ भइरहेको भन्दै विज्ञप्ति निकाल्नु भएको थियो । तर, जिल्ला सभापति कर्णमल्ल समूहले जिल्लामा भइरहेको वडा अधिवेशन बहिस्कार गर्ने बताइरहेको छ ।

कांग्रेसको २१ जिल्लामा अझै सदस्यता फाइनल हुन सकेको छैन ।

Back to top button