नेपालले पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्दै

काठमाडौं । नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनीसँग आज दोस्रो एकदिवशीय क्रिकेट खेल खेल्दैछ । पहिलो एक दिवसीय खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो ।

ओमानको चर्को गर्मीमा दिउँसो ४ बजेदेखि डे–नाइट खेल खेल्न लागेको हो । नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा डे–नाइट खेल खेल्न लागेको छ । आजको खेलमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, गुल्सन झाले खेल्ने निश्चित छैन ।

नेपालले पपुवा न्युगिनीसँग अहिलेसम्म ५० ओभरको खेलमा ५ पटक खेलेको छ । जसमा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पार्न सकेको हो ।

Back to top button