रेलिङबाट खसेर एकजनाको मृत्यु

बिर्तामोड । झापाको मेचिनगर नगरपालिका– १२ का एक ब्यक्तिको आफ्नै घरको रेलिङबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर– १२ सहरेडाँगीका ३६ वर्षीय दिलीप चेम्जोङ्ग रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार गएराती आफ्नै घरको पहिलो तलाको रेलिङबाट खसेर चेम्जोङ्ग गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई उपचारको लागी मनकामना हस्पिटल चारआली लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ चेम्जोङलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button