संसद बैठक दिउँसो १ बजे बस्ने, बजेटसम्बन्धि अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश हुने

काठमाडौं । संसद बैठक आज दिँउसो १ बजे बस्ने भएको छ । आज बस्ने वैठकमा सरकारले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरेपनि अर्थमन्त्री जनार्दन शर्माले विधेयक टेबल गर्ने तयारी गरिएको छ । भदौ २३ गतेको बैठकमा पनि प्रतिपक्षीको विरोधका बिच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदन समक्ष टेबल गर्नुभएको थियो ।

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई भने वर्तमान सरकारले परिमार्जन गर्ने तयारी गरेको हो । त्यसकालागि बजेट अध्यादेश जस्ताको त्यस्तै प्रस्तुत नगरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो । यता प्रमुख प्रतिपक्ष एमालेले भने आफ्नो माग पूरा नभएसम्म संसद चल्न नदिने जनाएको छ ।

Back to top button