मन्त्रीमण्डल विस्तारकालागि नामावली दिन गठबन्धनसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । लामो समयसम्म मन्त्रीपरिषद विस्तार गर्न नसक्दा आलोचित हुँदै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरुसँग चाँडो नामावली दिन आग्रह गर्नुभएको छ ।

बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको हो । यद्यपी अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

Back to top button