सरकारद्धारा चालु आवको बजेट परिमार्जन (पूर्ण पाठसहित)

काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई घटाउँदै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाउनुभएको छ । सरकारले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड अर्थात ४१ दशमलव४२ प्रतिशत छुट्याएको छ ।

पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात २३ दशमलव १६ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११ दशमलव६ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३ दशमलव ७२ प्रतिशत विनियोजन गरिएको छ ।

हेरौं पूर्ण पाठ

 

 

Back to top button