कांग्रेस महाधिवेशन किचलो : बाँकी जिल्लाहरुमा वडाअधिबेशन असोज ५ गते

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै १४ औं महाधिवेशनको कार्यतालिका संशोधन भएको जनाएको हो ।


जस अनुसार वडा अधिवेशन गर्न बाँकी जिल्लाहरुको हकमा असोज ५ गते गर्ने र स्थानीय तहका अधिवेशन असोज ९ गते गर्ने उल्लेख छ । केन्द्रीय महाधिवेशनको मिति भने यथावत छ ।

Back to top button