प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । सुमारले प्रधानमन्त्री देउवालाई गएर भेट्नु भएको हो ।

प्रधानमन्त्री देउवा र उपाध्यक्ष सुमारबीच एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुका साथै नेपाल र अमेरिकाबीचको सहयोगको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।

Back to top button