विधेयकमार्फत ‘पढ्दै कमाउँदै कार्यक्रम’

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत विद्यार्थीहरुका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ । सात वटै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा उक्त कार्यक्रम शुरु गर्ने विधेयकमा व्यवस्था गरेको हो ।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीले उक्त कार्यक्रममा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यान्वयन गरिने अध्यादेशमा व्यवस्था गरिएको हो ।

भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यानवयन गर्ने अध्यादेशमा व्यवस्था छ ।

Back to top button