एमसीसी विरुद्ध विप्लवको पार्टी द्धारा आन्दोलन घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराउनु भएको छ । । पर्सि हुने भेलालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम तयगरीएको छ ।

पार्टीको आयोजनामा भदौ २८ गते काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन हुनेछ । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँलाई अन्त्य गर्ने गरी आन्दोलनको घोषणा गरिएको बताउनुभयो । ।

वर्तमान सरकारको विकास भन्दा पनि भ्रष्टाचारमा ध्यान गएको उनको आरोप समेत उहाँले लगाउनु भयो । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएर प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेट गरिरहँदा विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको हो । शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उपाध्यक्ष फातिमा सुमारले एमसीसी संसदबाट छिट्टै अनुमोदन हुनेमा विश्वस्त रहेको बताउनुभएको थियो ।

Back to top button